Section 5
विभूषण सिफारिस प्रक्रिया
:(१) देहायका पदाधिकारी, कर्मचारी वा कुनै महानुभावले आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरी राष्ट्रलाई योगदान पुर्याएको भएमा त्यस्ता पदाधिकारी, कर्मचारी वा महानुभावले पुर्याएको योगदानको विवरण अनूसूची बमोजिमको ढाँचामा खुलाई विभूषण प्रदान गर्न देहायका
निकाय वा पदाधिकारीले निर्दिष्ट समयभित्र आफ्नो सिफारिस समितिमा पठाउनु पर्नेछ :
(क) विदेशी राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्री वा सो सरह वा सोभन्दा माथिका पदाधिकारी र अन्य नागरिकहरुको हकमा परराष्ट्र मन्त्रीले,
(ख) संवैधानिक निकायका पदाधिकारीका हकमा समितिले र कर्मचारीका हकमा सम्बन्धित संवैधानिक निकायका प्रमुखले,
(ग) व्यवस्थापिका–संसद् सचिवालयका कर्मचारीहरुको हकमा व्यवस्थापिका–संसद्को महासचिवले,
(घ) कुनै मन्त्रालयसँग सम्बन्धित कर्मचारी वा सो मन्त्रालयसँग सम्बन्धित तर सरकारी सेवामा नरहेका कुनै व्यक्तिका हकमा सम्बन्धित मन्त्रीले,
(घ१) प्रदेश सरकारसँग सम्बन्धित पदाधिकारी र कर्मचारी तथा प्रदेश सरकारसँग सम्बन्धित तर सरकारी सेवामा नरहेका कुनै व्यक्तिको हकमा सम्बन्धित प्रदेशको मुख्य मन्त्रीले,
(ङ) खण्ड (क) देखि (घ) सम्म उल्लिखित व्यक्ति बाहेक अन्य व्यक्तिका हकमा गृह मन्त्रीले ।
(१क) स्थानीय तहसँग सम्बन्धित कुनै पदाधिकारी, कर्मचारी वा महानुभावले आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरी राष्ट्रलाई योगदान पुर्याएको भएमा त्यस्तो पदाधिकारी वा कर्मचारी वा महानुभावले पुर्याएको योगदानको विवरण सहित सम्बन्धित स्थानीय तहले नेपाल सरकारको गृह मन्त्रालय समक्ष पठाउनु पर्नेछ र यसरी प्राप्त भएका विवरण समेतको आधारमा उपयुक्त व्यक्तिको नाम गृहमन्त्रीले सिफारिस समितिमा पठाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम सम्बन्धित निकाय वा पदाधिकारीबाट विभूषणको लागि सिफारिस प्राप्त हुन आएपछि समितिले आवश्यक छानबिन गरी यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम विभूषण प्रदान गर्नका लागि उपयुक्त देखिएका पदाधिकारी, कर्मचारी तथा महानुभावको नामावली तथा निजहरुले पाउनु पर्ने विभूषणको प्रकार समेत खुलाई विभूषण प्रदान गर्नका लागि मन्त्रिपरिषद्समक्ष नाम सिफारिस गर्नु पर्नेछ ।
(३) विदेशी राष्ट्रका नागरिकलाई मानपदवीको लागि सिफारिस गर्दा त्यस्तो राष्ट्रको प्रचलनलाई समेत ध्यानमा राखी सिफारिस गरिनेछ ।
(४) विभूषण सिफारिस सम्बन्धी अन्य प्रकृया नेपाल सरकारको गृह मन्त्रालयले तोके बमोजिम हुनेछ।